
काठमाडौँ।जिम्बाबेमा जारी विश्वकप छनोट प्रतियोगिता अन्तरगत सातौं स्थानको प्लेअफ खेलमा चिरपरिचित प्रतिद्धन्द्धी युएईले नेपालसामु १८२ रनको लक्ष्य पेश गरेको छ । नेपालले टस जितेर युएईलाई व्याटिङको निम्तो दिएपछि युएई ४६.५ ओभरमा १८१ रनमा अलआउट भयो ।युएइका लागि वृत्य अरविन्दले सर्वाधिक ४४ रन बनाए भने रोहन मुस्ताफाले ३५ रन बनाए । नेपालका लागि सन्दीप लामिछाने र करन केसीले समान ३ विकेट लिए ।
सन्दीपले १० ओभरमा ३ मेडनसहित २३ रन खर्चिए भने करनले ८.५ ओभरमा ३६ रन खर्चिए ।यस्तै प्रतिश जिशी, गुलशन झा र दीपेन्द्र सिंह ऐरीले समान एक–एक विकेट लिए । नेपाल आजको खेलमा विजयी भए सातौं स्थानका लागि आयरल्याण्डसंग प्रतिस्पर्धा गर्नेछ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१