
काठमाडौं । अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ गोवनपानीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ ।गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको वडाअध्यक्ष कमल प्रसाद पोखरेलले जानकारी दिए ।
आज बिहान करिब ५ बजेतिर आएको पहिरोले घर पुरेको थियो । घटनास्थलबाट तीन वटा शव निकालिएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।घटनास्थलमा प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१