
काठमाडौं।नेपालले लगातार तेस्रो पटक एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ। मलेसियाको बयुमास ओभलमा आज भएको फाइनलमा आयोजक मलेसियालाई २ सय २१ रनको फराकिलो अन्तरले पराजित गरि लगातार तेस्रो पटक उपाधि जितको हो।टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २५२ रन बनायो। नेपालका लािग नरेन भट्टले ८९ बलको सामना गर्दै ११२ रन बनाइ अविजित रहे। उनले १० चौका र २ छक्का प्रहार गरे। नेपालका लागि अर्का ब्याटर निरज कुमार यादवले ४७ रन बनाए। यस्तै सन्तोष यादवले २६ तथा सूर्यांशु कोइरालाले १८ रन जोडे।
लेसियाका महम्मद अक्रमले सर्वाधिक ३ विकेट लिए भने अरिन अकिल, हजिक हैकल र महम्मद फथुल मुइनले १–१ विकेट लिए। २ सय ५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४औं ओभरमा ३१ रन बनाउँदै अलआउट भयो। मलेसियाका लागि मोहम्मल अक्रमको १० रन नै सर्वाधिक रहयो।मलेसियालाई सस्तैमा समेटन नेपालका कप्तान अविशेक तिवारीले सर्वाधिक ५ विकेट लिए। यस्तै सन्तोष यादवले ३ विकेट लिँदा सागर गैरे र अशोक धामीले १/१ विकेट लिए।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१