नारायणगढ–मुग्लिन सडकखण्डमा अस्थायी प्रहरी पोष्ट स्थापना
नमुना पोष्टप्रकाशित मिति: २०८० अषाढ १९, मंगलबार (१ साल अघि)
Advertisement
भरतपुर ।नारायणगढ–मुग्लिन सडकखण्डमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । पहिराका कारण सडकखण्ड पटक–पटक अवरुद्ध भएर यात्रुले सास्ती पाएपछि आजदेखि अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो ।बर्सातको समयमा हुनसक्ने घटनालाई दृष्टिगत गर्दै इच्छाकामना गाउँपालिका–६ स्थित जलवीरेमा प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । पोष्टमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ट्राफिकसहित ६ जना तैनाथ रहेनछन् ।
पोष्ट स्थापनापछि लाइफलाइनका रुपमा रहेको यस सडकखण्डमा हुनसक्ने विपत्का घटनाबाट हुने क्षतिलाई न्यूनीकरण गर्न सहज हुने प्रवक्ता पण्डितले विश्वास व्यक्त गर्नुभयो । प्रहरी पोष्ट हाल जलवीरेको देवी मन्दिरमा रहनेछ । पहिरोका समयमा सडक पुनः सञ्चालन र यात्रुलाई आवश्यक सहयोगका लागि यही असार १३ गते बसेको जिल्ला सुरक्षा समितिले पोष्ट स्थापना गर्ने निर्णय गरेको थियो । रासस