
कावासोती । पूर्व–पश्चिम राजमार्गको नारायणगढ– डण्डा सडक खण्ड अन्र्तगत चल्ने बसहरुमा नवलपुर प्रहरीले छड्के अनुगमन सुरु गरेको छ । नारायणगढ–डण्डा चल्ने यात्रुबाहक सवारी साधनहरुले सवारी नियम उल्लंघन गरी निर्धारित भाडादर टाँस नगरेको, यात्रुलाई मर्यादित ब्यबहार नगरेको, सम्बन्धित रुट बाहेक अन्य गन्तव्यको समेत बोर्ड राखि यात्रुहरु लाई झुक्याउने गरेको गुनासो बढेपछि छड्के अनुगमन सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको प्रमुख गण्डेश पौडेलले बताए ।
उनले भने–हाम्रो नियमित चेकजाँच त जिल्लाको सबै बजार र ग्रामिण क्षेत्रमा नियमित भईरहेको छ । अहिले हामीले यात्रु झुक्याउने सवारीहरुलाई छड्के अनुगमन समेत गर्न थालेका छौ । आइतबार मात्रै चेकजाँचको क्रममा २१ वटा यात्रुबाहक सवारी साधनहरुलाई कारवार्ही गरेको ट्राफिक प्रमुख पौडेलले बताए । यो अभियान नियमित चल्ने उनले बताएका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१