• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २६, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

३

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

४

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

५

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

६

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

७

घट्यो सुनचाँदीको मूल्य

८

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

९

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

१०

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

११

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

१२

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मध्यविन्दु नगरपालिकामा ‘एक घर एक करेसाबारी’ निर्माण गरिने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० अषाढ २५, सोमबार (२ साल अघि)
    How-to-Start-a-Sustainable-Garden

    Advertisement

    नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले नगरपालिकामा ‘एक घर एक करेसाबासी’को नीति लिएको छ । नगरपालिकाले पोषण सुरक्षा र संवेदनशीलतालाई मध्यनजर गर्दै एक घर एक करेसाबारीको नीति अवलम्बन गरेको नगरप्रमुख भीमलाल अधिकारीले बताउनुभयो । करेसाबारी निर्माणका लागि आवश्यक पर्ने बीउबिजन नगरपालिकाबाट निः शुल्क उपलब्ध गराइने उहाँले बताउनुभयो । पालिकामा रैथाने बालीको पकेट क्षेत्र स्थापना गरी खाद्य सुरक्षामा थप टेवा पु¥याउने उद्देश्य रहेको उहाँले बताउनुभयो । अधिकारीले भन्नुभयो, “नगरपालिका–१३ र १४ लगायतका पहाडी भेगमा कोदो, पिँडालु र आलुको पकेट क्षेत्र बनाउँछौँ । स्थानीयस्तरमा उत्पादन हुने रैथाने बालीको संरक्षण गर्न पकेट क्षेत्र बनाउन लागेका हौँ ।” एक घर एक करेसाबारीको नीतिले खाद्य सुरक्षामा टेवा पु¥याउँदै नगरवासीको गरिबी निवारणको अस्त्रका रूपमा प्रयोग गर्ने तयारी गरिएको उहाँको भनाइ छ । कृषिमा यान्त्रिकरण गर्दै निर्वाहमुखी कृषिबाट व्यावसायिक कृषि गर्न प्रोत्साहन गर्न कृषि पकेट तथा जोन कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरिने अधिकारीले बताउनुभयो ।
      ‘एक वडा एक उत्पादन’ कार्यक्रममार्फत् सबै वडामा साना पकेट कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको नगरप्रमुख अधिकारीले बताउनुभयो । “नगरवासीको जमिनको माटो परीक्षण र कृषि चुन निःशुल्क उपलब्ध गराइनेछ” उहाँले भन्नुभयो, “व्यावसायिक कृषि गर्न चाहने किसानलाई बीउबिजन तथा कृषि यान्त्रिकरणमा ५० प्रतिशत अनुदान दिन्छौँ ।”
    रासायनिक मलको जथाभावी प्रयोगलाई निरुत्साहित गर्दै जैविक मलयुक्त खेतीतर्फ किसानलाई आकर्षित गरिने अधिकारीको भनाइ छ । “नगरपालिकाद्वारा उत्पादित जैविक मल स्थानीय किसानलाई सहुलियत दरमा उपलब्ध गराउँछौँ” उहाँले भन्नुभयो, “विषादी न्यूनीकरण अभियान सञ्चालन गर्दै अर्गानिक तरकारी तथा खाद्यबाली प्रवद्र्धन कार्यक्रम सञ्चालनमा जोड दिएका छौँ ।” नगरभित्रका बीउबिजन उत्पादन प्रशोधन तथा भण्डारण गर्ने किसान समूह तथा सहकारीलाई विशेष अनुदान तथा बजारीकरणको व्यवस्था गरिएको उहाँले बताउनुभयो । कृषियोग्य जमिनको संरक्षण तथा उत्पादन बढाउने उद्देश्यले कृषियोग्य जमिनलाई खण्डीकरण गरी प्लटिङ गर्ने कार्यलाई निरुत्साहित गरिने नगरप्रमुख अधिकारीले बताउनुभयो ।
    नगरभित्रको जमिनलाई चक्लाबन्दी गरी खेतीयोग्य बाँझो जमिनमा फलफूल बगैँचा तथा अन्य उत्पादनमूलक कृषिकार्य प्रयोगमा ल्याउन नगरपालिकाले प्रोत्साहन गर्ने उहाँको भनाइ छ । नगरपालिकाभित्र कृषि स्वयंसेवक कार्यक्रम सञ्चालन गर्दै माथिल्ला सरकारसँगको सहकार्यमा कृषिबालीमा हुने नोक्सानीको क्षतिपूर्तिको व्यवस्थापन गरिने अधिकारीले बताउनुभयो ।
    “कृषिमा सहुलियतपूर्ण ब्याजदरको सुविधाका लागि बैंक तथा वित्तीय संस्थासँग नगरपालिकाको तर्फबाट सहकार्य तथा समन्वय गरिनेछ” उहाँले भन्नुभयो, “बीमा प्रदायक कम्पनीसँगको सहकार्यमा कृषि तथा पशुपक्षी बीमा कार्यक्रमलाई प्रभावकारी बनाइनेछ ।” नगरभित्रको उत्पादनको बजारीकरण गर्न किसानको फार्मबाट सङ्कलन केन्द्रसम्म पु¥याउने उद्देश्यका साथ कृषि एम्बुलेन्स सञ्चालन गरिने नगरप्रमुख अधिकारीले बताउनुभयो ।
    युवालाई कृषि क्षेत्रमा आकर्षण गर्ने उद्देश्यले कृषि फर्म स्थापना गरी कम्तीमा तीन बिघा भन्दा बढी क्षेत्रफलमा तरकारी तथा फलफूल उत्पादन गर्ने कृषि फर्मलाई प्रोत्साहन गरिने उहाँको भनाइ छ । ‘एक घर एक एभोकाडो’ कार्यक्रमलाई परीक्षण कार्यक्रमको रूपमा पहिलो चरणमा नगरपालिकाले विभिन्न पाँच वडामा सञ्चालन गर्ने तयारी गरेको उहाँले बताउनुभयो । ‘मध्यविन्दु जाऔँ रैथाने खाना खाउँ’ भन्ने नाराका साथ नगरपालिकाभित्र उत्पादित रैथाने जातका धान ९कनजिरा, मगरअनदी, झिनुवा, कालानमक० तथा जैविक उत्पादन जस्तै कोदो, बेसार, कागती, केरा, भूइँकटहर, उखु आदि उत्पादनलाई सहकारीमार्फत् उत्पादन प्रवद्र्धन गर्ने नीति लिइएको छ । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा


  • Advertisement

    समाचार
  • १

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • २

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ३

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ४

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ५

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ६

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ७

    घट्यो सुनचाँदीको मूल्य

  • ८

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ९

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • १०

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution