
काठमाडौं।नवलपरासीको डण्डा, देउराली नवल, बर्दघाट र आसपास भारी वर्षा भएको छ । वर्षा अझै नरोकिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।पछिल्लो तीन घण्टामा डण्डा, देउराली नवल, बर्दघाट र आसपास भारी वर्षा भएको आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ । उक्त स्थान भएर बहने साना नदीमा आकस्मिक बाढीको जोखिम रहेको हो ।
महाशाखाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनेहरुलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । साथै कमजोर, भिरालो जमिनमा पहिरोको जोखिम रहने हुँदा यात्रा गर्दा सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१