
कैलाली । कैलालीको चिसापानीमा यौन व्यवसायमा संलग्न तीन होटल सञ्चालक र पाँच महिला पक्राउ परेका छन् । यौनकर्मी महिला राखेर यौन व्यवसाय चलाइरहेको भन्दै चिसापानीको न्यू वर्षा होटेल सञ्चालक टोपबहादुर खड्का, अछाम होटलका सञ्चालक केशव शाही, भेरी पञ्चकोशी होटलका सञ्चालक भीम शाहीलाई आज प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुको होटलमा यौन व्यवसायमा रहेको भन्दै पाँच महिलालाई समेत नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक शंकर खड्काले जानकारी लिए । यसअघि सोमबार पनि लम्कीबाट २ नाबालिग पक्राउ परेका थिए । उनीहरूलाई यौन व्यवसायमा संलग्न गराएको भन्दै होटल सञ्चालक महेशप्रसाद जैशीलाई मानव बेचबिखन तथा ओसारपसारको मुद्दा चलाइएको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१