
काठमाडौँ ।भारतमा गोलभेँडाको मूल्य आकासिएको छ । त्यसैले भारतीयहरू गोलभेँडा किन्न नेपालमा आइरहेका छन् । उत्तराखण्डको पिथोरागढ जिल्लास्थित नेपाल–भारत सीमा पार गरेर भारतीय गोलभेँडा किन्न आइरहेका छन् ।सीमा नजिकै रहेको धारचुला र वनबासाका बासिन्दा भारतमा तोकिएको मूल्यभन्दा आधा सस्तोमा गोलभेँडा किन्न नेपाल आइरहेका छन् । भारतमा हाल गोलभेँडाको मूल्य प्रति केजी १२० देखि १३० सम्म छ । जबकि नेपालमा १०० देखि ११० रुपैयाँ ९६२–६९ भारु० मा एक किलो गोलभेँडा पाइन्छ । भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियासँगको कुराकानीमा नेपालको दार्चुलाका बासिन्दा कमल जोशीले नेपालका व्यापारीले हाल दोब्बर बढी आम्दानी गरिरहेको बताएका छन् ।भारतमा मनसुनको समयमा तरकारीको मूल्य आकासिने नेपालका किसानले बुझेपछि पछिल्ला केही वर्षदेखि किसानले अन्नको साटो तरकारी खेती गर्न थालेका छन् । किसानले मौसमी र बेमौसमी तरकारीलगायत गोलभेँडाको खेती गरेर भारतमा मूल्य बढेका बेला बेच्ने गरेको जोशी बताउँछन् ।
जोशीका अनुसार किसानले काउली, पालुङ्गो लगायतको खेती गरेर भारतीय बजारमा मूल्य बढेका बेला बेच्ने गर्छन् । नेपाल नजिकै रहेको उत्तराखण्डको पिथोरागढ र चम्पावत जिल्लामा सीमा पारको व्यापार साधारण छ । दुवै देशका जनता पुल तरेर एक अर्काको बजार जाने गर्छन् ।पिथौरागण्को झुलाघाटका तरकारी विक्रेता तथा स्थानीय व्यापारी सङ्घका प्रमुख सुरेश कुमारले भने, ‘स्थानीय बाहेक व्यापारीले पनि नेपालबाट गोलभेँडा किन्न थालेका छन् । केही स्थानीय व्यापारीले ४० रुपैयाँ प्रतिकिलोमा ठुलो परिमाणमा गोलभेँडा किनेका छन् । साधरणतया आलु, प्याजलगायतका तरकारी भारतबाट नेपालमा आउने गर्छन् । तर अब स्थिति फेरिएको छ ।’ एजेन्सी
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१