
काठमाडौं ।मनाङ एयरको दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरका लागि नयाँ नियम ल्याएको छ ।नयाँ नियमअनुसार मनसुन अवधिभर हेलिकप्टरले हिमालमा उडान गर्न पाउने छैनन् । प्राधिकरणले सेप्टेम्बर २०२३ सम्म माउण्टेन उडान, सिलिङ उडान र पुष्पवृष्टि गर्न रोक लगाएको हो ।
प्राधिकरणले हेलिकप्टरको उडान सञ्चालन अनुमति दिँदा प्रस्थान विन्दु वा अवतरण विन्दुमध्ये कम्तीमा एक स्थान विमानस्थल हुनुपर्नेसमेत बताएको छ । हेलिकप्टरको उडानसम्बन्धी हाल विमानस्थलमा भइरहेको अनुमति दिने काम मनसुन (सेप्टेम्बर २०२३) भर साप्ताहिक रुपमा समीक्षा गरी प्राधिकरणको प्रधान कार्यालयबाटै प्रदान गर्ने निर्णयसमेत भएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१