
महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका-९ डाडाकुण्डाकी २५ वर्षीया बिन्दु डगौंरा बाघको आक्रमणबाट घाइते भएकी छन् ।बिहीबार साँझ लालझाडी गाउँपालिका-६ चान्देउस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा डगौंरालाई बाघले आक्रमण गरेको बेलौरी-९ का वडाध्यक्ष किसन रानाले बताए । घाइते भहिलाको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।डगौंरालगायत १०-१२ महिलाको समूह च्याउ टिप्न गएको थियो । सोही क्रममा बाघले डगौंरामाथि आक्रमण गरेको हो ।‘सबैले हो-हल्ला गरेपछि बाघ भागेर डगौंराको ज्यान जोगियो’ । आँखा र टाउकोमा चोट लागेको छ ‘, वडाध्यक्ष रानाले भने ।
-रासस
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१