
काठमाडौं । वायुसेवा कम्पनीहरूले आन्तरिक उडानको भाडादर बढाउने निर्णय गरेका छन् ।आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत् अर्थमन्त्रीले हवाई यातायात सेवालाई मूल्य अभिवृद्धि करमा दर्ता अनिवार्य गरेकाले हवाई भाडा बढाउने निर्णय गरेका हुन् ।नेपाल वायुसेवा सञ्चालक संघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै हवाई भाडादरमा नै भ्याटको मूल्य समायोजन गरी उठाइने बताएको छ । हवाई सञ्चालकहरूले भ्याट नतिर्ने भन्दै यसअघि विरोध गर्दै आएका थिए । तर, अहिले उनीहरू भ्याटमा जान सहमत भएका छन् ।
भ्याटमा लाग्ने मूल्य यात्रुबाटै उठाउने गरी साउन १ बाट भाडादर बढाउने संघको भनाई छ । मूल्य अभिवृद्धि कर १३ प्रतिशत रहेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१