
काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर पुनः एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ ।
आज तेजावी सुनको मूल्य एक लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य तोलामा १४ सय ८० रुपैयाँमा स्थिर छ ।सोमबार एक लाख १२ हजार २ सय रुपैयाँमा छापावल सुन र एक लाख ११ हजार ६५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१