
पाल्पा ।पाल्पाको सर्देवास्थित सीजी सिमेन्ट उद्योग भित्रको भर्याङ खस्दा १३ जना कामदार घाइते भएका छन् ।बुधबार अपराह्न ४ बजेतिर क्लिङ्कर खस्ने स्थानमा पुराना इँटा हटाइ नयाँ इँटा राख्ने क्रममा भर्याङ खसेर १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको हो ।
घाइतेहरुमध्ये १० जना उपचारपछि घर फर्किसकेका छन् भने तीन जनाको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१