
काठमाडौं । राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकजना एजेन्टसमेत छन् ।विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ । स्रोतका अनुसार पक्राउ पर्नेमा आयातकर्ता कम्पनी रेडी ट्रेडर्सका सञ्चालक दीलिप भुजेल, सुन हालेर लैजान लागिएको ट्याक्सीको चालकसहित रहेको बताइएको छ । अनुसन्धान प्रभावित हुनसक्ने भन्दै पक्राउ परेकाहरूको नाम खुलाइएको छैन ।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो ।विभागले विमानस्थल भन्सार कार्यालयको गेटअगाडि सुन बरामद गरी तत्काल दुईजना पक्राउ गरेको थियो । त्यसपछि आज बिहानसम्म थप चारजना पक्राउ गरिएको ढुंगानाले बताए ।सुन हङकङबाट ल्याइएको स्कुटरको पार्टसमा रहेको बताइएको छ । नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो ।
‘तथ्य खुल्न बाँकी छ । फरार व्यक्तिको खोजी भइरहेको छ’, उनले भने ।-रासस
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१