
मीनाक्षी कंडेल÷कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले विद्युतीय प्रणालीमार्फत राजस्व निर्धारण तथा संकलन गर्ने कामको शुभारम्भ गरेको छ । आज बिहिबार नगरपालिकामा एक कार्यक्रमका बीच पालिका भित्रको सबै वडाहरुमा एकैसाथ सेवा सुचारु गरिएको हो । कर तिर्न सेवाग्राही कार्यालयमै उपस्थित हुनुपर्ने बाध्यतालाई अन्त्य गर्दै छोटो समयमा सेवाग्राहीले सरल र सहज तरिकाबाट घरमै बसी कर तिर्न सकिने ब्यवस्थाको सुरुवात गरिएको कावासोती नगरपालिकाको नगर प्रमुख बिष्णु प्रसाद भुसालले बताए । त्यस्तै उनले अनलाइन माध्यमबाट कर निर्धारण र संकलन गर्ने हुदाँ अब दैनिक रुपमा नगरमा के कति राजश्व सङकलन भयो भन्नेबारे सहजै रुपमा जानकारी लिन सकिने बताए । त्यस्तै कावासोती नगरपालिकाको सुचना प्रविधि अधिकृत रुपेश बाबु गिरीले नगरभित्र रहेका आम सेवाग्राहीले घरमै बसी ईसेवाको माध्यमबाट भुमि कर,सम्पति कर,घरबहाल कर ,ब्यवसायिक कर लगायतको कर तिर्न सक्ने बताएका छन् ।
त्यस्तै उनले क्यूआरको माध्यमबाट सबै कर तिर्न सकिने समेत जानकारी दिए । त्यस्तै आयोजित शुभारम्भ कार्यक्रममा नगरप्रमुख भुसालले क्यूआरको प्रयोग गरी आफ्नो सम्पती कर तिरेका थिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१