• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २६, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

३

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

४

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

५

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

६

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

७

घट्यो सुनचाँदीको मूल्य

८

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

९

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

१०

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

११

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

१२

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    जग्गाधनीलाई लछारपछार गर्दै निजी जग्गामा मेयर हर्क साम्पाङले गरे वृक्षरोपण

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० श्रावण ७, आईतबार (२ साल अघि)
    dharan-Harka-sampang

    Advertisement

    धरान । धरानका मेयर हर्क साम्पाङले सर्दु जलाधार क्षेत्रको जग्गा भन्दै व्यक्तिले भोगचलन गरिरहेको जग्गामा वृक्षरोपण गराएका छन् ।शनिबार अचानक साम्पाङ नगर प्रहरीसहित हजारौँको जनसमूह लिएर त्यहाँ वृक्षरोपणका लागि पुगेपछि अवरोध गर्ने जग्गाधनीलाई लछारपछार गरेर वृक्षरोपण गराएका हुन् । उनले जग्गाधनीलाई प्रहरीले लछारपछार गर्दै वृक्षरोपण गराएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।मेयर साम्पाङले वृक्षारोपण गराएको जग्गा धरान ४ छोटी मोरङ भन्ने स्थानमा पर्छ । जग्गाको भोगचलन भने स्थानीय रोशन अधिकारीले गरिरहेका छन् । उनको नाममा जग्गाधनी पुर्जासमेत छ । अधिकारी पर्यटन व्यवसायी हुन् । उनले सो जग्गाबाट प्याराग्लाइडिङ उडान गराउने गरेका छन् । अधिकारीले त्यहाँ पक्की घरसमेत बनाएका छन् ।निजी जग्गामा जबरस्ती वृक्षारोपण गरेपछि मेयर साम्पाङले सामाजिक सञ्जालमा आफ्नै शैलीमा ध्वाँस दिँदै लेखेका छन्, ‘बिरुवा रोपेको उखेलिए डोजर चल्ने छ । अनेक पारीको मुद्दा लाग्नेछ र पुरै पब्लिक उठाएर माफिया विरुद्ध जाइलाग्ने छौ । चुप लागेर बस है ।’त्यसपछि पनि उनले अर्को स्ट्याटस लेखेका छन्, ‘चुपो लागेर बस अन्यथा अझ निर्मम कदम चाल्नेछु । देश र जनता ! सत्य, न्याय र समानताभन्दा अरू मैले केही सोचेको छैन ! जय देश ।’

    धरान नगरपालिकाका पूर्व वडाअध्यक्षसमेत रहेका अधिकारीको नाममा रहेको र भोगचलन गरिरहेको जग्गाका विषयमा परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । धरान ४ छोटी मोरङमा रहेको ४२ बिघा जग्गा सर्दु जलधारा क्षेत्रको जग्गा भएको भन्दै २०७१ साल चैत्र १७ गते सर्वोच्चमा मुद्दा दायर भएको थियो ।जनसरोकार मञ्च धरानको नेतृत्वमा ईन्द्रबहादुर राई, ज्ञानबहादुर राई, गङ्गालक्ष्मी राई, शुभ राई, श्यामकुमार राईले धरान नगरपालिका कार्यालय, जिल्ला विकास समिति, जिल्लमा मालपोत कार्यालय सुनसरी विष्णु पादुका गाविस लगायतलाई विपक्षी बनाउँदै रिट दायर भएको थियो ।छोटी मोरङको ४२ बिगाहा जग्गाको पनि सट्टाभर्ना वितरण गरेको प्रमाणसहित जनसरोकार मञ्च लगायत वादीहरूले नेपालको मुलुकी ऐन अदालती बन्दोबस्ती १० नम्बर बमोजिम सार्वजनिक सरोकारको विषय भन्दै तत्कालीन पुनरावेदन अदालत विराटनगर हुँदै रिट निवेदन सर्वोच्च अदालत पुगेको थियो । सोही मुद्दाको २०७९ साल २४ गते सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको संयुक्त इजलासले सो मुद्दा पूर्ण इजलासमा पेस गर्न आदेश दिएको थियो ।

    सर्दु जलधारा क्षेत्रको १३२ विघा जग्गाका स्थानीय बासिन्दाहरूलाई सट्टा भर्ना दिइएको थियो । सट्टा भर्ना पाएको प्रमाणसहित अदालत गएपछि धरान सरोकार मञ्चको पक्षमा सर्वोच्चले फैसला गरेको थियो । तर विगतमा हाल धरान ४ छोटी मोरङ डाँडा र आसपासमा पर्ने ४२ बिगाहा जग्गाको मुआब्जा दिएको प्रमाण पेस नभएको भन्दै व्यक्तिको हकभोग लाग्ने गरी सर्वोच्च अदालतले २ वटा मुद्दाको फैसला गरेको थियो । साथै, फैसलाको बारेमा पुनरावलोकन गर्न दिइएको निवेदनमा सर्वोच्चले नै निस्सा पनि दिएको थिएन ।सर्वोच्चले पुनरावलोकन गर्न दिएको निवेदनमा समेत सर्वोच्चले निस्सा नदिएपछि जग्गाधनीहरूले सो जग्गाको बेचविखन समेत गर्दै आएका थिए । अधिकारीले २०७२ सालमा श्रीमती रोजिना अधिकारीको नाममा ३ कट्ठा ५ धुर जग्गा जग्गा किनेको बताए । उनका दाजु मथुरा अधिकारीको नाममा २ कट्ठा जग्गा रहेको छ । उनले हेम चन्दा घिमिरेसँग सो जग्गा किनेका हुन् ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा


  • Advertisement

    समाचार
  • १

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • २

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ३

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ४

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ५

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ६

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ७

    घट्यो सुनचाँदीको मूल्य

  • ८

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ९

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • १०

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution