• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २६, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

३

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

४

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

५

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

६

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

७

घट्यो सुनचाँदीको मूल्य

८

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

९

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

१०

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

११

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

१२

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    साउनको दोस्रो सोमबारः पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० श्रावण ८, सोमबार (२ साल अघि)
    2131346303IMG_9035

    Advertisement

    काठमाडौँ।सौरमास अनुसार साउनको दोस्रो सोमबार आज बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको छ ।भक्तजनलाई सुविधा दिने उद्देश्यले पशुपति क्षेत्र विकास कोषले बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरेको संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो । पशुपति क्षेत्रमा अहिले पनि लाखौँ भक्तजन पूजा, आरधना एवं दर्शनका लागि लाममा बसेका छन् ।सोमबारका अवसरमा आज पशुपतिनाथमा विशेष पूजा आराधनाका लागि १०१ भक्तजनले रसिद काटेको पनि उहाँले बताउनुभयो । यसैबीच साउने सोमबारका अवरमा आज बिहान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले पूजा, आरधना एवं दर्शन गर्नुभएको कोषले जनाएको छ । यसैगरी पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीले पनि पशुपतिनाथ मन्दिरमा दर्शन गर्नुभएको छ ।आजै प्रधानन्यायधीश हरिकृष्ण कार्कीले पशुपतिनाथ मन्दिरमा दर्शन गर्नुहुने कार्यक्रम रहेको छ । बेलुकीको आरतीमा मुख्यसचिव डा वैकुण्ठ अर्याल सहभागी हुनुहुने कार्यक्रम रहेको पनि जनाइएको छ । पशुपतिनाथमा सुन्दरीजलबाट शुद्ध जल ल्याएर अर्पण गर्ने बोलबम यात्रीको पनि आज भीड लागेको छ । बोलबम यात्री शुद्ध जल लिने आइतबार बेलुकी नै सुन्दरीजल गएर बसेका थिए ।

    साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले शिवालयमा पूजा, आराधना गर्ने वैदिक कालदेखिको परम्परा छ । यस वर्ष साउन २ गतेदेखि अधिकमास सुरु भएकाले साउन महिनाको सोमबार व्रत बस्नु हुने वा नहुने भन्नेमा धर्मशास्त्रीबीच मतान्तर छ । जसका कारण गत हप्ताअर्थात् साउन १ गते सोमबारभन्दा भक्तजनको सङ्ख्या केही घटेजस्तो देखिन्छ ।पशुपति क्षेत्रमा समग्रमा दर्शनार्थीको सङ्ख्या नघट पनि सोमबारको व्रत बस्ने महिलाको सङ्ख्या भने कम देखिएको महाशाखा प्रमुख पराजुलीले बताउनुभयो । यस वर्ष साउन महिनामा पाँच वटा सोमबार परेका छन् । साउनको १, ८, १५, २२ र २९ गते सोमबार परेको छ । साउन १ गतेबाहेकका सबै सोमबार भने अधिकमासभित्र परेका छन् ।प्रत्येक वर्ष साउन महिना र सोमबार भगवान् शिवजीको विशेष पूजा, आराधना गर्ने महिना एवं बार भएकाले व्रत गर्न हुने भन्ने मान्यताका आधारमा अन्य शिवालयमा पनि भक्तजनको भने भीड देखिन्छ । राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत महादेव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ ।यसैगरी देशभरका अन्य शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउनको सोमबारको व्रत गर्ने भक्तजनले पाँच वटै सोमबारको व्रत पूरा गरी उद्यापनका लागि अन्तिम सोमबार गोदान र पूर्णपात्र गर्ने विधि रहेको छ । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा


  • Advertisement

    समाचार
  • १

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • २

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ३

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ४

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ५

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ६

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ७

    घट्यो सुनचाँदीको मूल्य

  • ८

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ९

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • १०

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution