
मीनाक्षी कंडेल कावासोती । पूर्वी नवलपरासीको नवलपुरमा अपाङ्गता भएका व्यक्तिहरुले सिपमुलक तालिम पाएर पनि उत्पादनमा जोडिन नसकेको गुनासो गरेका छन् । प्रदेश सरकार र स्थानीय तहहरुले अपाङ्गताभएका ब्यक्तिहरुलाई लक्षित गरी सिपमुलक तालिम दिएको भएपनि उनिहरुलाई उत्पादनमा जोड्न नसक्दा तालिम तालिमको लागी मात्रै सिमित भएको देखिएको छ ।
नवलपुरका सबैजसो स्थानीय तहले अपाङ्गताभएका क्षेत्रहरुमा कार्यक्रम आयोजना गरेता पनि केवल बजेट सक्नको लागी मात्रै आयोजना गरेको जसरी गर्दा पनि अपाङ्गताभएका ब्यक्तिहरु उत्पादनमा जोडिन नसकेको हो । तालिम दिने संस्थाहरुले जिल्लामा रहेका अपाङ्गताभएका ब्यक्तिहरुलाई सीप सिकाएर रोजगारीसँग जोडी आत्मानिर्भर बनाउने शैद्धान्तिक रुपमा धारणा बनाउँछन् । तर व्यवहारमा त्यस्तो देखिदैँन ।जिल्लाका बिभिन्न स्थानीय तहले समय समयमा आयोजना गर्ने सीप सिकाई तालिम अन्र्तगत कहिले (सरफ, फिनेल, अगरबत्ति, अचार तथा मुढा) बनाउने लगायतका तालिमहरु अपाङ्गताभएका व्यक्तिहरु दिने गरेका छन् ।केही वर्ष देखि नवलपुरमा तालिममा सहभागि भएका ८० जना अपाङ्गताभएका ब्यक्तिहरु आत्मानिर्भर बन्न नसकेका अपाङ पुर्नस्थापना केन्द्र नवलपुरका अध्यक्ष सागर लुईटेलले बताए ।
उनले भने, पालिका स्तरियबाट आयोजित गरिने सीप सिकाईलाई उत्पादनसँग जोड्न चासो नदिनु। उनले स्थानीय तहद्धारा समयसमयमा आयोजना गर्ने कार्यक्रमले जिल्लामा रहेका वास्तविक अपाङ्गता भएको वर्गले स्थानीय सरकारद्धारा आयोजना गर्ने तालिमहरुले उत्पादनसँग जोडिन समन्वय नगर्दा सीप सिकेर पनि आर्थिक रुपमा आत्मनिर्भर बन्न नसकेको बताए ।
पालिकाको समवन्य बिना आफूहरुले उत्पादन गरेका सामाग्री समेत बजारमा प्रतिस्प्रर्धा गर्न कठिनाई भएको लुईटेलले बताए । त्यस्तै उनले मन्त्रालय, सिटिभिटि, तथा बिभिन्न परियोजना मार्फत केही मात्रामा सेवा सुविधा पाएको भएपनि उक्त सीप सिकाई कार्यक्रमले जिल्लामा रहेका अपाङ्गताभएको ब्यक्तिहरुले लाभ लिन नसकेको बताएका छन् । बजारमा उत्पादित सामाग्रीको बजारिकणका लागि निकै प्रतिस्प्रर्धा रहेको बताउदै आफ्नै व्राण्ड दिई आवश्यक लोगो स्टिकर बनाउन समेत समस्या भएको उनले बताएका छन् । यसको लागि सरकारले आवश्यक सहयोग गर्न जरुरी रहेको उनले बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१