
चालु आवमा सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।अर्थ मन्त्रालयले यस वर्ष बजेट कार्यान्वयन बनाउन भन्दै मन्त्रालयहरुलाई तोकिएको समय सीमाभित्र बजेट खर्च गर्न निर्देशन दिइसकेको छ ।अर्थले कात्तिक मसान्तभित्र ठेक्का प्रकृया सम्पन्न गरी त्यसको १५ दिन भित्र काम सुरु गर्न भनेको छ ।अर्थ मन्त्री डा. प्रकाशशरण महतले काम सम्पन्न भएर भुक्तानीका लागि आएका बिल अर्थबाट बढीमा १५ दिन भित्र पास गरी पठाइने प्रतिवद्धता व्यक्त गरेका छन् । यस पटक असारे खर्च हुन नदिने उनको प्रतिबद्धता छ ।