
रूपन्देही ।जातीय विभेद मुद्दामा पक्राउ परेका दाङका एक व्यक्ति धरौटीमा छुटेका छन् । दाङको घोराही उपमहानगरपालिका-१७ का ६८ वर्षीय ताराप्रसाद पोखरेल एक लाख धरौटी बुझाएर तारेखमा छुटेका हुन् ।जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजन गौतमका अनुसार ताराप्रसादलाई एक लाख धरौटीमा छोड्न जिल्ला अदालत दाङले आदेश दिएको हो ।
अछाम पञ्चदेवल विनायक नगरपालिका-७ का २३ वर्षीय महेन्द्र विकसहित परिवारका सदस्यलाई दलित भन्ने थाहा पाएपछि ताराप्रसादले कोठा भाडा दिएको तीन दिनपछि असार १५ गते जबर्जस्ती घरबाट निस्कन लगाएको उजुरी परेको थियो । उनीहरूका कोठाका सामान बाहिर फालिदिएको पीडितले बताएका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१