
चितवन। पहिरो खसेर नारायणगढ–मुग्लिन सडक खण्ड बिहान ९ बजेदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । अहिले पानी परिरहेकाले पहिरो पन्छाउने काम सुरु हुन सकेको छैन ।
गन्तव्यमा हिडेका सवारीसाधन सडकमै रोकिएका छन् ।यसअघि शनिवारपनि सोही ठाँउमा पहिरो खस्दा सडकखण्ड अबरुद्ध भएको थियो । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पटक–पटक अबरुद्ध हुँदै आएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१