
नवलपुर । पुर्वी नवलपरासीका निमार्ण व्यवसायी आन्दोलित भएका छन् । स्थानीय , प्रदेश र केन्द्र सरकारले निर्माण ब्यवसायीको रकम भुक्तानी नगरेको , उपभोक्ता समितिको नाममा साना ब्यवसायीहरुलाई काम विहिन बनाएको र मुल्य समायोजन नगरेको भन्दै व्यवसायी आन्दोलित भएका हुन् । चरणबद्ध आन्दोलनमा उत्रिएका ब्यवसायीले आज आईतबार जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएको निमार्ण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमुशंकर देवकोटाले बताए ।
कोरोना कहर , आर्थिक मन्दीको समयमा निमार्ण व्यवसायी धरासायी हुदै जाँदा समेत सरकारले ध्यान नदिएको व्यवसायीको गुनासो छ । विकास निमार्णको कामको मुल्य समायोजन नगर्ने तथा अनेकन बहाना बनाएर सम्पन्न भएको कामको भुक्तानी रोक्ने र समय थप गर्न आनाकानी गरेकाले चरणबद्ध आन्दोलनमा उत्रिएको संघले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१