
काठमाडौं । भारतको महाराष्ट्रमा चलिरहेको रेलमा गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ । जयपुरबाट मुम्बई जाँदै गरेको रेलमा रेलवे सुरक्षा बल (आरपीएफ)का जवानले महाराष्ट्रको पालघर भन्ने स्थानमा आज बिहान गोली प्रहार गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । रेलवे सुरक्षा बलकै जवानले रेलमा किन गोली चलाए भन्ने खुलेको छैन ।
उनलाई नियन्त्रणमा लिइएको र घटनाको अनुसन्धान गरिरहेको महाराष्ट्र प्रहरीले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१