• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २६, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

३

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

४

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

५

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

६

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

७

घट्यो सुनचाँदीको मूल्य

८

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

९

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

१०

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

११

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

१२

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मध्यविन्दु नगर अस्पतालमा अन्तरङ्ग सेवा शुरु

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० श्रावण १५, सोमबार (२ साल अघि)
    1 - Copy 2

    Advertisement

    मध्यविन्दु । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगर अस्पतालमा बिरामी भर्ना सेवा शुरु भएको छ । सोमबार मध्यविन्दु नगरपालिकाका नगर प्रमुख एवम् अस्पतालका अध्यक्ष भिमलाल अधिकारीले अस्पतालमा अन्तरङ्ग सेवाको उद्घाटन गर्नु भएको हो । यस अगाडी अस्पतालबाट बहिरङ्ग सेवा प्रदान हुदै आएको थियो । १५ शैयाको नगर अस्पतालमा शुरुवातमा ७ शैयाबाट अन्तरङ्ग सेवा सञ्चालन हुने अस्पतालका प्रमुख नन्दलाल राना मगरले बताउनुभयो । अस्पतालबाट यस अगाडी सर्पदंश, रेविज, प्रयोगशाला, प्रसुति लगायतका स्वास्थ्य प्रवाह हुदै आएको थियो । अस्पतालमा आउने सेवाग्राहीको स्वास्थ्य उपचारलाई व्यवस्थित र थप प्रभावकारी बनाउन भिडियो एक्सरे सेवालाई नियमित र विशेषज्ञ सहितको स्वास्थ्य परिक्षण सेवा थप गर्ने योजनामा रहेको उहाँले बताउनुभयो ।
    मध्यविन्दु नगरपालिका र आसपासका स्थानीयहरुको लागि सहज स्वास्थ्य पहुँच स्थापना नगरपालिकाको प्राथमिकतामा रहेको नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो । निर्माणधिन नगर अस्पतालको सुविधा सम्पन्न अस्पताल निर्माणको कार्य सम्पान्न भएपस्चात थप सेवाहरु समेत बिस्तार हुने उहाँले बताउनुभयो । उहाँले नागरिकहरुलाई अस्पताल सम्म ल्याउने र उनिहरुको विश्वास जित्नेगरी सेवा प्रवाह गर्न समेत अस्पतालमा कार्यरत चिकित्सक र प्रशासनका कर्मचारीहरुलाई अनुरोध गर्नुभयो । क्रमशः अस्पतालमा सेवा लिन आउने नागरिकहरुको संख्यामा बृद्धि भइरहेको भन्दै उहाँले नागरिक मैत्री सेवाप्रवाह हुनेपर्नेमा जोडदिनुभयो । स्वास्थ्य संस्थाहरुको नक्साङ्कन गरेर स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने विषयमा नगरले छलफल शुरुवात गरेको उहाँले बताउनुभयो । चोरमारा, अरुणखोला र कोल्हुवा केन्द्रमा एम्बुलेन्स सेवाको सञ्चालन, विपन्न परिवार स्वास्थ्य बिमा कार्यक्रम लगायको विषयमा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको उहाँले बताउनुभयो ।
    मध्यविन्दु नगरपालिका पूर्व नगर प्रमुख चन्द्र बहादुर रानाले विगतको अवस्थाबाट हाल अवस्था सम्म आईपुग्दा विभिन्न चरणहरु पार गरेको स्मरण गर्दै नागरिकलाई प्रवाह गरिने सेवाको गुणस्तरियता र विश्वनियतामा ध्यान दिनुपर्ने बताउनुभयो । नगर अस्पताल निर्माण पस्चात सबै नागरिकलाई सहज सेवा प्रवाह हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
    मध्यविन्दु नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पेनरुले विपन्न र ग्रामिण स्तरमा रहेका नागरिकहरु आर्थिक अवस्था कै कारण स्वास्थ्य सेवाबाट बञ्चीत हुनुपर्ने अवस्था नहोस् भन्ने तर्फ सबैको ध्यानपुग्न आवश्यक रहेको बताउनुभयो । उहाँले नगर अस्पतालमा शुरुवात भएको अन्तरङ्ग सेवाले न्यून आय भएका नगरबासीको स्वास्थ्य उपचार सेवामा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
    स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईंले अझैपनि आम नागरिकहरु स्वास्थ्य बिमा कार्यक्रमको पहुँचमा पुग्न नसकेको भन्दै स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन सक्दा स्थानीय समुदायलाई उपचार वापत लाग्ने खर्च बोझको कमी संगै अस्पताल सञ्चालनमा समेत सहयोग पुग्ने बताउनुभयो ।
    साविकको चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई मध्यविन्दु नगर अस्पतालमा स्तरउन्नती गरिए पस्चात पुरानै भवनबाट अस्पतालले आफ्नो सेवा प्रवाह गर्दै आएको छ । १५ शैयाको सुविधा सम्पन्न भवन निर्माणको चरणमा रहेको मध्यविन्दु नगर अस्पतालको भवन निर्माण सम्पन्न भएपस्चात सेवा प्रवाह थप प्रभावकारी हुने अस्पतालका उपाध्यक्ष अमृत प्रसाद ज्ञवालीले विश्वास व्यक्त गर्नुभयो ।
    अन्तरङ्ग सेवा शुभारम्भ कार्यक्रममा मध्यविन्दु नगरपालिका उपप्रमुख पूर्णकला चौधरी, प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरु, पूर्व उपप्रमुख ओमकुमारी महतो, अस्पतालका पूर्व अध्यक्षहरु, वडा अध्यक्ष, विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनितिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    प्रदेश नं. ४ सम्बन्धि थप
  • महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा


  • Advertisement

    समाचार
  • १

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • २

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ३

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ४

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ५

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ६

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ७

    घट्यो सुनचाँदीको मूल्य

  • ८

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ९

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • १०

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution