
सोलुखुम्बु।सोलुखुम्बुमा १० वर्षभन्दा कम उमेरकी आफ्नै छोरीलाई जबरजस्ती करणी गर्ने बाबुलाई ५२ वर्ष ६ महिना कैद सजायको फैसला भएको छ ।आफ्नै नाबालिग छोरीलाई जबरजस्ती करणी गर्ने सोलुदूधकुण्ड नगरपालिकाका ३५ वर्षीय एक पुरुषलाई सोलुखुम्बु जिल्ला अदालतले ५२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको हो ।बालिका करणीमा २५ वर्ष, हाडनाता करणीमा २५ वर्ष र हतियार देखाइ करणी गरेको अभियोगमा २ वर्ष ६ महिना गरी कुल ५२ वर्ष ६ महिना कैद सजाय फैसला भएको स्रेस्तेदार नगेन्द्र कुमार कालाखेतीले जानकारी दिनुभयो । पुरुष विरुद्ध ३ वटा कसुरमा सरकारी वकिलबाट सजायको माग दाबी गरिएको थियो । तीन वटै कसुरमा सजायको फैसला भएको स्रेस्तेदार कालाखेतीले बताउनुभयो ।
मुद्दा अहिले उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुङ्गामा साधक जायरका लागि पेस भएको सोलुखुम्बु जिल्ला अदालतले जनाएको छ । अभियुक्त गुरुङलाई कैद भुक्तानका लागि जिल्ला कारागार सल्लेरी चलान गरिएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१