
कावासोती ।जिल्ला प्रशासन कार्यालय नवलपुरले राष्ट्रिय परिचय पत्रका लागि बायोमेट्रिक सहित आवदेन दिएका सेवाग्राहीलाई कार्यालयमा उपस्थित भएर कार्ड लैजान आग्रह गरेको छ । मंगलबार सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित व्यक्तिको मोबाइलमा एसएमएस आएपछि मात्र परिचय पत्र लिन आव्हान गरेको हो । साथमा आवेदन रुजु भर्पाइ पनि लिएर आउन भनिएको छ ।
आवेदक स्वंयम उपस्थित भई कार्यालयको कोठा नं १५ बाट आफ्नो राष्ट्रिय परिचयपत्र लिन सक्ने सहायक प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१