
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र मापदण्डअनुरूप डिजिटल विज्ञापन बोर्ड राख्ने प्रक्रियामा आउन सूचना जारी गरेको छ । अहिले मापदण्ड विपरीत रहेका बोर्डहरू आफै हटाउन पनि सूचनामार्फत आग्रह गरिएको छ ।डिजिटल विज्ञापनका लागि इच्छुक व्यक्ति, फर्म, सङ्घसंस्थाले महानगरपालिकाको राजस्व विभाग वा सार्वजनिक निजी साझेदारी एकाइको कार्यालय काठमाडौँ प्लाजा कमलादीमा निवेदन दिन सकिने जनाइएको छ ।मापदण्ड विपरीत राखिएका बोर्ड हटाउन महानगरले सूचना जारी गरेको छ । तोकिएको समयमा रीतपूर्वकको निवेदन नदिने तथा मापदण्ड विपरीतका बोर्ड महानगरले हटाउने छ र तिर्न बाँकी विज्ञापन कर र बोर्ड बन्द गराउँदा लागेको खर्च सम्बन्धित विज्ञापन दाता वा घरधनीबाट असुलउपर गरिने समेत जनाइएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१