
प्युठान । भालुबाङ-प्युठान सडक खण्डको गर्जेनीमा सुख्खा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ ।अप्ठ्यारो ठाउँ भएकाले पैदल हिँड्न समेत मुस्किल छ । भालुवाङ-प्युठान तथा रोल्पाको एक मात्र सडक खण्डमा यसरी पहिरो खसेपछि आवतजावत गर्न समेत समस्या भएको छ ।तल माडी नदी र माथि भिर भएको ठाउँमा हिँड्ने समेत बाटो नभएका कारण यात्रुलाई सकस भएको हो ।
बाटो अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेको पत्रकार वासुदेव गिरीले बताए । बुधबार राति ठूला ढुङ्गा सहितको पहिरो खसेपछि मान्छे हिँड्ने बाटो समेत नभएको उनले बताए ।जिल्ला ट्राफिक कार्यालय देविस्थानका प्रहरी नायव निरीक्षक चन्द्रबहादुर केसीका अनुसार ३/४ वटा एक्साभेटर मार्फत पहिरो पन्छाउने काम भइरहेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१