• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २६, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

३

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

४

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

५

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

६

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

७

घट्यो सुनचाँदीको मूल्य

८

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

९

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

१०

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

११

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

१२

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    भरतपुर अस्पतालमा ११ हजार बढीले पाए निःशुल्क उपचार

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० श्रावण १९, शुक्रबार (२ साल अघि)
    bharatpur-hospital

    Advertisement

    चितवन। भरतपुर अस्पतालमा ११ हजार बढीले निःशुल्क उपचार पाएका छन् ।एक वर्षको अवधिमा अस्पतालले सामाजिक सेवा एकाइमार्फत् ११ हजार ३४३ जनालाई निःशुल्क उपचार प्रदान गरेको हो ।एकाइ मार्फत् लक्षित वर्ग तर्फ नौं हजार ४४ जनाले सेवा पाएका छन् । जसमा चार हजार ३८३ जना महिला र चार हजार ६६१ जना पुरुष छन् । लक्षित वर्ग तर्फ तीन करोड २६ लाख ७२ हजार १७५ रुपैंयाँ खर्च भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए । उनका अनुसार आकस्मिक सेवा तर्फ दुई हजार २९९ जनाले सामाजिक सेवा एकाइ मार्फत् सेवा लिएका छन् । जसमा ९१२ जना महिला र एक हजार ३८७ जना पुरुष छन् ।आकस्मिक सेवा तर्फ ८१ लाख ८७ हजार ८६८ रुपैंयाँ खर्च भएको पौडेलले बताए । उनले यस एकाईबाट उपचार लिने बिरामीको संख्या हरेक वर्ष बढ्दै गएको भन्दै बिरामीको चाप हेर्दा यो सेवा प्रभावकारी बन्दै गएको बताए । उनले सामाजिक सेवा एकाई बाहेक पनि अस्पतालले धेरै बिरामीको निःशुल्क उपचार गरेको जानकारी दिए । निःशुल्क उपचार गराउनुपर्ने धेरैजसो बिरामी भरतपुर अस्पतालमा नै आउने गरेको पौडेलको भनाइ छ ।सामाजिक सेवा एकाइ मार्फत् गरिब, असाहय (बेबारिसे), अपाङ्ग, जेष्ठ नागरिक, लैंगिक हिंसा पीडित, महिला स्वास्थ्य स्वयंसेविका, प्रकृतिक प्रकोप पीडित, शहिद परिवार, कुपोषित बालबालिका, प्रहरीले ल्याएको थुनुवा, दुर्घटनामा परेका बिरामी, अभिभावक नभएका व्यक्ति, सिमान्तकृत तथा लोपउन्मुख आदिबासीलगायतलाई सेवा प्रदान गरिएको छ । अन्य लक्षित समूह अस्पतालले नै निर्धारण गरेर सेवा प्रदान गर्ने अस्पतालका सामाजिक सेवा एकाइ प्रमुख रामहरि ढकालले बताए ।

    उनले बिरामीको समस्या र अवस्था हेरेर एकाइ मार्फत् निःशुल्क र आंशिक छुटमा उपचार सेवा प्रदान गरिएको जानकारी दिए । ‘आकस्मिकरुपमा बिरामी भएर अस्पताल आउने बिरामीले पैसा छैन भन्नुहुन्छ’, ढकालले भने, ‘आफन्त पनि छैनन, पैसा पनि छैन भन्ने बिरामीलाई एकाइबाट निःशुल्क सेवा प्रदान गरेका छौं ।’ उनले कतिपय बिरामी वडा र पालिकाको सिफारिस लिएर समेत आउने गरेको बताए । आकस्मिक तर्फको कार्यक्रम बजेट अभावका कारण तत्काललाई रोकिएको भन्दै उनले नयाँ बजेट आएपछि पुनः सुरु हुने बताए । उनले भने,‘ कार्यक्रम रोकिए पनि सेवा भने रोकेका छैनौं । बिमा भएका बिरामी बिमा मार्फत् र नभएका बिरामीलाई सामाजिक सेवा एकाइ मार्फत् सेवा प्रदान गरिरहेका छौं ।’ अन्य अस्पतालको भन्दा भरतपुर अस्पतालको उपचार सेवा सहज र सजिलो भएकोले हरेक वर्ष सामाजिक सेवामार्फत उपचार लिने बिरामीको संख्या बढ्दै गएको ढकालको भनाइ छ ।भरतपुर महानगरपालिका वडा नम्वर ६ का वडा सदस्य रुद्र अधिकारीले भरतपुर अस्पतालमा सामाजिक सेवा एकाइ मार्फत् भएको निःशुल्क उपचारले नागरिकलाई धेरै राहत भएको बताए । उनले वडा मार्फत् पनि धेरै सिफारिस गरिएको भन्दै यो सेवा निम्न स्तरका नागरिकसम्म पुगेको बताए ।सरकारले देशभर ८६ वटा अस्पतालमा सामाजिक सेवा एकाइ मार्फत् सेवा प्रदान गरिरहेको छ । बागमती प्रदेशमा मात्र १७ वटा अस्पतालमा यो सेवा प्रदान गरिएको छ । अस्पतालमा आउने जो कोही बिरामी पैसा नभएकै कारण उपचारबाट बञ्चित हुन नपरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) कृष्णप्रसाद पौडेलले बताए । उनले भने,‘भरतपुर अस्पतालमा आएका बिरामी पैसा अभावमा उपचार नै नपाएर फर्कनु पर्देन । अस्पताल प्रशासनलाई थाहै नभएका कारण र सामाजिक सेवा इकाइका बारेमा जानकारी नभएर फिर्ता गएको भए थाहा भएन । नत्र सबै विपन्न गरिब नागरिकको निःशुल्क उपचार गरिरहेका छौं ।’ उनले अस्पताल प्रशासनमा जानकारी भएसम्मका बिरामीले अवस्था हेरेर उपचारमा निःशुल्क र आंशिक छुट पाएको बताए ।

    सामाजिक सेवा एकाईसँगै अस्पताल विकास समिति मार्फत् पनि गरिब बिपन्न कोष स्थापना गरिएको छ । अन्यबाट उपचार नभएर यो कोषबाट पनि बिपन्न र गरिब नागरिकको उपचार हुने गरेको छ । यो कोषमा अहिले पनि छ लाख रुपैंयाँ बजेट रहेको मेसु पौडेलले बताए । सरकारले नागरिकको उपचारका लागि सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ ।मेसु पौडेलले भने,‘अस्पतालमा हुने विभिन्न निःशुल्क उपचार र छुट यही कार्यक्रम मार्फत् सञ्चालन भइरहेको छ ।’ उनले छरिएर सेवा प्रदा नगरिएको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमहरुको एकीकृत गर्ने योजना रहेको बताए । उनले अस्पतालमा सामाजिक सेवा एकाइ बाहेक विभिन्न रोगको उपचारमा पनि सरकारले दिने छुट प्रदान गरिरहेको बताए । डाइलाइसिस, मुटुको रोग, हेड इन्जुरी र स्पाइनल इन्जुरीका बिरामीलाई सरकारको आर्थिक सहयोग हुने उपचार सेवा भरतपुर अस्पतालबाट पनि प्रदान गरिएको उनको भनाइ छ ।भरतपुर अस्पतालमा देशका विभिन्न जिल्लाबाट सेवा लिनका लागि बिरामीहरु आउने गरेका छन् । पछिल्लो समय अस्पतालमा दैनिक दुई हजार बिरामी उपचारका लागि आउने गरेका छन् ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा


  • Advertisement

    समाचार
  • १

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • २

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ३

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ४

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ५

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ६

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ७

    घट्यो सुनचाँदीको मूल्य

  • ८

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ९

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • १०

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution