
कावासोती। काठमाडौँको तारकेश्वर नगरपालिका–५ मा पहिराले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । तारकेश्वर –५ चो गाउँमा गए राति आएको पहिराले नुवाकोट सामरी घर भई हाल तारकेश्वरस्थित चोगाउँमा भाडामा बस्दै आएका ४१ वर्षीय गणेश तामाङ र उहाँकी १५ वर्षीया छोरी आस्मा तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले जानकारी दिए।
उनका अनुसार गए राति घरमाथिबाट खसेको पहिराले तामाङ भाडामा बस्दै आएको घर टहरो पुरिएको हो । सोही घटनामा परी आमा सञ्जु तामाङ घाइते भएको र उनको प्राथमिक उपचार गरिएको प्रहरीले जनाएको छ । सञ्जुको शिक्षण अस्पताल महाराजगन्जमा उपचार हुँदै छ भने छोरा भने हाम्फालेर बच्न सफल भएका थिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१