
कावासोती।पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक विस्तारका लागि थप एक वर्ष म्याद थप भएको छ। सुरुवाती ठेक्का सम्झौता अनुसार साउनमा सडक विस्तारको काम सकिनुपथ्र्यो तर समयमै काम नसकिएपछि दोस्रो पटक थप एक वर्षका लागि म्याद थप गरिएको हो। पश्चिम खण्डको म्याद साउन २१ गते सकिएको हो। पश्चिम खण्ड निर्माणको म्याद ३५० दिन थप गरिएको हो। पूर्वी खण्डको म्याद भदौ ११ मा सकिने भएकाले पूर्वी खण्ड को म्याद ३३० दिन थप्ने तयारी गरिएको छ। पूर्व पश्चिम नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डमा ३९.६६ र पश्चिम खण्डमा ३६.३७ प्रतिशत काम सकिएको निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन आयोजनाका प्रोजेक्ट म्यानेजर इन्जिनियर राकेश झाले बताए। काम गरिरहेको ठेकेदारसँग सम्झौता तोडेर नयाँ ल्याउँदा काम थप ढिला हुने भएकाले ठेक्का अवधि थप गर्न बाध्य भएको आयोजना निर्देशक चुडा ढकालले बताए।
सामान्य वर्षामा पनि डाइभर्सनमा क्षति पुग्दा राजमार्ग बन्द हुने अवस्था छ। यो वर्ष अधिकांश पुल निर्माण भएकाले यातायात सञ्चालन सहज हुने निर्माण कम्पनीको दाबी छ।चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले गैँडाकोटको नारायणी नदी पुलदेखि बुटवलसम्म ११५ किलो मिटर सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो। नवलपुरको गैँडाकोटदेखि दाउन्नेसम्म ६४.४२ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४८.५८ किलोमिटरलाई खण्ड ‘ख’ अन्तर्गत राखिएको छ। बस्ती क्षेत्रमा छ लेन र जङ्गल क्षेत्रमा चार लेन तथा दाउन्नेमा तीन लेनको सडक विस्तार गर्न लागिएको हो। एसियाली विकास बैङ्क ९एडिबी० को ऋण सहयोगमा कुल १६ अर्ब ९९ करोड ५२ लाख रुपियाँ लागतमा राजमार्गको विस्तार गरिरहेको छ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१