
हेटौंडा । घरमा फ्यान जोड्ने क्रममा करेन्ट लागेर मकवानपुरमा एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बकैया गाउँपालिका-५ श्रीपुरका ५२ वर्षीय वीरबहादुर परियार छन् । आफ्नै घरमा फ्यान जोड्ने क्रममा करेन्ट लागेर परियार घाइते भएका थिए ।
हेटौंडा अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१