
चितवन।नारायणी नदीले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विभागका अनुसार राती साढे नौ बजे नारायणी नदीको देवघाट जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको हो ।देवघाटको जलमापन केन्द्रका अनुसार अहिले नारायणी नदीमा सात दशमलव ८५ मिटर पानीको सतह रहेको छ । देवघाटमा सात दशमलव तीन मिटर पानीको सतह पुग्दा सतर्कता तह मानिन्छ । नदीमा यस वर्षकै उच्च पानीको सतह पुगेको मापन केन्द्रले जनाएको छ ।
नारायणी नदीको जल मापन केन्द्रमा पानीको सतह नौ मिटर पुगेपछि खतराको तह मानिन्छ । नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि चितवन र नवलपरासीको नारायणी नदी तटिय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१