कावासोती । पूर्वी नवलपरासीमा सञ्चालन हुने सार्वजनिक सवारीमा अनिवार्य रुपमा फोहोर फाल्नका लागि डस्टबिन राख्नुपर्ने भएको छ । नवलपुरमा स्वच्छ सडक अभियान सञ्चालन गरेर ट्राफिक प्रहरीले यस्तो अभियान चलाएको हो ।अभियानअर्न्तगत नारायणगढदेखि डन्डासम्म सञ्चालन हुने छोटो दुरीका ५० वटा बसका चालकलाई डस्टबिन प्रदान गर्दै यसको औपचारिकरुपमा सुरुआत गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी भुवनेश्वर तिवारीले बताए ।यो अभियानअर्न्तगत जिल्लाभर सञ्चालन हुने सवारीमा अनिवार्य डस्टबिन राख्न प्रहरीले आग्रह गरेको छ । किसान कृषि सहकारी संस्था र मोटोरोल कम्पनीको सहयोगमा सुरु भएको अभियानलाई निरन्तरता दिन चालक र यात्रुलाई सचेतना प्रदान गरिएको छ ।सार्वजनिक बसमा सवार यात्रुले बसमा डस्टबिन नहुँदा सडकमा नै फोहोर फाल्ने प्रवृत्तिको कारण सडक कुरुप देखिएको भन्दै यस्तो अभियान सञ्चालन गरिएको हो ।अब नियमित रुपमा सवारीमा डस्टबिन भएरनभएको जाँच गर्ने र यात्रुले पनि जथाभावी फोहोर फालेमा सम्झाइबुझाइ गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख गणेश पौडेलले बताए । स्वच्छ सडक अभियानको सुरुआत प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठबाट भएको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१