कावासोती । नवलपुरमा बाघको आक्रमणबाट एक जना महिला घाइते भएकी छन्।विनयी त्रिवेणी गाउँपालिकामा वडा नम्बर १ सिसेनीका पिथिमा दर्लामीलाई बाघले आक्रमण गरेको हो ।४० वर्षीय विवाहित महिला दर्लामीलाई सोमबार बिहान् ११.४५ बजेको समयमा बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले बताए ।घरबाट नजिकैको भेडा बन उपभोक्ता समितिको सामुदायीक वनमा घाँस काट्ने क्रममा पछाडिबाट पाटे बाघले आक्रमण गरी घाईते बनाएको प्रहरी नायव उपरीक्षक पौडेलले जानकारी दिए ।उनको हात र खुट्टामा चोट लागेको छ । स्थानीयले हो–हल्ला गरेपछि बाघ भागेको थियो । मध्यविन्दु जिल्ला अस्पतालमा उपचार पछि थप उपचारका लागी भरतपुर पठाएको छ । सो क्षेत्रमा बाघले महिलालाई आक्रमण गरेकाले सतर्क रहन प्रहरीले आग्रह गरेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१