• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २६, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

३

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

४

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

५

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

६

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

७

घट्यो सुनचाँदीको मूल्य

८

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

९

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

१०

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

११

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

१२

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    १ लाख टन चामल माग्दै नेपालले लेख्यो भारतलाई पत्र

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० श्रावण ३१, बुधबार (२ साल अघि)
    Khadhyanna

    Advertisement

    काठमाडौं । सरकारले भारतसँग एक लाख ५५ हजार टन खाद्यान्न माग गर्दै पत्राचार गरेको छ ।भारतको निर्यात प्रतिबन्धको नीतिका कारण नेपाली बजारमा आपूर्ति प्रभावित हुन सक्ने भन्दै सरकारले धान, चामल र चिनी खरिदका लागि भारत सरकारलाई पत्राचार गरेको हो ।उद्योग वाणिज्य, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले एक लाख टन चामल, ५० हजार टन चिनी र ५ हजार टन धान नेपालमा आपूर्ति गरिदिन भारतलाई पत्राचार गरेको बताए ।परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावासलाई लेखेको पत्र मंगलबार पुगेको तर त्यसबारे औपचारिक जवाफ नआइसकेको मन्त्रालयकी प्रवक्ता राधिका अर्यालले जानकारी दिइन् ।

    भारतले ४ साउनमा बासमती बाहेकका सेतो चामलको निर्यात रोक्ने निर्णय गरेको थियो ।भारतको निर्णयको असर नेपाली बजारमा देखिन सक्ने भएकाले परिमाण तोकेर खाद्यान्नका आयातका लागि आग्रह गरिएको सहसचिव अर्यालले जानकारी दिइन् ।‘खाद्यान्न आयातका लागि भारतलाई औपचारिक रुपमा पत्राचार गरिएको छ’, प्रवक्ता अर्यालले भनिन्, ‘हामी सकारात्मक जवाफको प्रतिक्षामा छौं ।’अनौपचारिक कुराकानीमा भारतीय पक्षले नेपालका लागि उक्त प्रतिबन्ध लागू नहुने बताएको तर नेपाली बजारमा असर देखिएकाले समाधानका लागि औपचारिक पहल गरेको उनले बताइन् ।भारतले निर्यात प्रतिबन्ध घोषणा गरेको १० दिनपछि १४ साउनमा बसेको केन्द्रीय अनुगमन समितिको बैठकले खाद्यान्नको आपूर्ति सहज बनाउने निर्णय गरेको थियो । मन्त्रालयमा भएका छलफलहरुमा खाद्यान्न व्यवसायीले असोजसम्मलाई पुग्ने धान र चामल मौज्दात रहेको जानकारी गराएका थिए ।

    यस्तै, सरकारी स्वमित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि धान चामल खरिद गरिरहेका कारण असोजसम्म खाद्यान्नको अभाव नहुने जानकारी मन्त्रालयमा गराएको प्रवक्ता अर्यालले बताइन् ।चिनी भने आन्तरिक उत्पादनबाट माग नधान्ने भएपछि सरकारले भातरबाट ५० हजार टन आयात गर्न लागेको हो । ‘अहिले एक लाख ८० हजार टन उत्पादन नेपाली बजारमा छ । त्यसले नपुग्ने भएपछि थप आयातको माग गरिएको हो’, मन्त्रालयकी प्रवक्ता अर्यालले भनिन् ।

    रित्तो छ सरकारी खाद्य भण्डार

    खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग न्यूनतम ३ लाख क्विन्टल खाद्यान्न मौज्दात हुनुपर्नेमा जम्मा ९५ हजार क्विन्टल मात्रै रहेको स्रोतको दाबी छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको कम्पनीलाई राज्यको खाद्य बैंक पनि भनिन्छ । ठूलो महामारी र संकटमा देशको खाद्य आपूर्ति सहज बनाउने र बजारमा मूल्य नियन्त्रणका लागि उपभोक्तालाई सुलभ मूल्यमा खाद्यान्न दिने काम यसको हो । तर वर्षायामअघि नै खाद्यान्न मौज्दात राख्न कम्पनी असफल भएको छ ।कम्पनीसँग रहेको एक लाख २६ हजार ११ क्विन्टल खाद्यान्नमध्ये ७६ हजार ८९२ मेट्रिक टन धान छ । जसबाट करिब ४६ हजार मेट्रिक टनमात्र चामल उत्पादन हुन्छ । कुल मिलाएर सरकारी खाद्यान्न भण्डारमा ९५ मेट्रिक टन मात्रै चामल रहेको स्रोतको दाबी छ ।

    चामलको मौज्दातमध्ये सुगमका डिपोमा ३० हजार ४९७ मेट्रिक टन र २४ दुर्गम जिल्लामा गरी १८ हजार ६२१ मेट्रिक टन चामल छ । कम्पनीसँग हाल गहुँको भण्डारण शून्यमा झरेको छ ।

    सार्क फुड बैंकमा पनि छैन चामल

    देशमा विपद परेका बेला उपयोग गर्न २५ हजार मेट्रिकटन खाद्यान्न राष्ट्रिय खाद्य बैंकमा सुरक्षित राख्ने प्रचलन छ । तर, यस वर्ष सो खाद्य बैंकमा खाद्यान्न मौज्दात छैन ।यस्तै, सार्क क्षेत्रभरिमा आइपर्ने खाद्य संकटका बेला सहयोगार्थ ८ हजार मेट्रिक टन खाद्यान्न भण्डारण गर्ने परम्परा छ । सार्क खाद्यान्न भण्डारण गर्ने केन्द्रीय भण्डारणमा ८ हजार ४१६ टनमात्र खाद्यान्न रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी निकट स्रोतले जनाएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा


  • Advertisement

    समाचार
  • १

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • २

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ३

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ४

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ५

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ६

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ७

    घट्यो सुनचाँदीको मूल्य

  • ८

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ९

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • १०

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution