
चितवन।भोलि बिहान चितवन जिल्लाभर विद्युत अवरुद्ध हुने भएको छ । बिहान ५ बजेदेखि साढे ७ बजेसम्म जिल्लाभर विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ ।भरतपुरस्थित १३२/३३/११ केभी सबस्टेसनमा १३२ केभी बसबारमा जम्पर जोड्नका लागि सबस्टेशन सटडाउन गर्न लागिएको प्राधिकरणले सूचना जारी गरेर जानकारी दिएको छ ।
यस्तै हाकिमचोक गितानगर हुलाकी सडक विस्तारका लागि पोल सार्ने काम गर्न क्यान्सर अस्पताल क्षेत्रमा विहान १० बजेदेखि ५ बजेसम्म विद्युत अबरुद्ध हुने जनाइएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१