
कावासोती । नेकपा एमालेका उपमहासचिव एवम् गण्डकी प्रदेशमा संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले नेपालमा कम्युनिष्ट पार्टीको बैचारिक नेतृत्व एमाले भएको बताउनु भएको छ ।शान्तिपुर्ण जनक्रान्तिबाट सामन्तबादको शासन ब्यवस्था अन्त्य भएको र सामान्तवादी उत्पादन प्रणाली सकिएर पुँजीवादी उत्पादन प्रणालीमा देश प्रवेश गरेकाले अवको गन्तब्य समाजवाद भएको बताउनु भयो । एमालेले बोकेको जनवादी कार्यक्रम अर्थात जनताको बहुदलीय जनवादकै जगमा शान्तिपूर्ण जनक्रान्ति सफल भएको हो उहाँले भन्नुभयो –आफ्नो माटो सुहाउँदो नीति एमालेले बोकेका कारण आज शान्तिपूर्ण क्रान्ति सफल हुन सम्भव भएको हो ’ ।
एमाले नवलपुर प्रचार बिभागले शनिवार कावासोतीमा आयोजना गरेका जिल्ला स्तरीय प्रचार भेलालाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो । समाजवादका लागि समाजको आर्थिक , सामाजिक विकासका जोड दिनुपर्ने उहाँको तर्क थियो ।
भेलामा एमाले गण्डकी प्रचार संयोजक राजीव पहारीले पार्टीको नेतृत्वमा बनेका सरकारहरुले गरेका राम्राकामहरु जनताको बीचमा स्थापित गराउनु प्रचारको मुख्य कार्यभार भएको बताउनुभयो । गण्डकीमा मुख्यमन्त्री गुरुङ्गकै नेतृत्वमा खानेपानीको अभियान थालिएको बताउदै उहाँले विकासको आधारभूत कुरा जनताको बीचमा कार्यन्वयनको चरणमा हुदै सरकार छोड्नु परेकाले ती कार्यक्रमहरु कता छन् ?भनेर जनताले खोज्ने बेला भएको बताउनुभयो ।
एमाले गण्डकी प्रचार बिभागका सदस्य विद्रोही गिरीले एमालेको बैचारिक पक्ष, राजनीतिक दृष्टिकोणका बारेमा कार्यकर्ताले बुझ्ने र बुझाउने काम गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय स्वाभिमान र सार्वभौमिकताको चट्टानी अडान तथा राष्ट्र निर्माणको स्पष्ट दृष्टिकोण समृद्ध नेपाल सुखी नेपालीको अभियान प्रचार कार्यको बिषय र प्राथमिकता हुनुपर्नेमा गिरीको जोड थियो ।
भेलामा एमाले नवलपुरका इञ्चार्ज मन केसी जिसी, सह इञ्चार्ज कृष्ण पौडेल , जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेले शुभकामना मन्तब्य राख्नुभएको थियो । जिल्ला स्तरीय भेलामा एमाले गण्डकी प्रदेश कमिटिका उपसचिव एवम् प्रचार बिभाग प्रमुख रश्मी आचार्यले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। जिल्लाको प्रचार योजनाका बारेमा जिल्ला प्रचार बिभाग प्रमुख सागर पोखरेलले प्रस्तुत गर्नु भएको थियो । आठ वटा पालिकाका सचिव, उपाध्यक्ष तथा प्रचारको क्षेत्रमा क्रियाशिल ६० जनाको सहभागीतामा कार्यक्रम भएको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१