
काठमाडौं । पशु सेवा विभागकी उपमहानिर्देशक डा. प्रेरणा सेढाईं भट्टराईले उपभोक्ताको भान्सामा मरेका कुखुराको मासु पुगिरहेको बताएकी छन् ।गृह मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री नारायणकाजी श्रेष्ठलाई ब्रिफिङ गर्दै उनले मरेका कुखुरालाई प्याकिङ गरेर उपभोक्ताका किचनमा पुर्याउने गरिएको पाइएको बताएकी हुन् ।
निरीक्षणका क्रममा भारतबाट भित्र्याइएका कुखुराहरू मरेको अवस्थामा प्याकिङ गरेर उपभोक्तासम्म पुग्ने गरेको पाइएको उनले बताइन् ।भारतबाट रातको समयमा कुखुरा ल्याइने गरिएको र ती कुखुराहरू बाटोमा ल्याउँदै गर्दा वा खोरमा ल्याएर राखिएपछि मर्ने गरेको र त्यसैलाई काटेर बजारमा पुर्याइने गरेको हो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१