
नवलपुर । खगेन्द्र पराजुली,शास्वत धाम र यस आसपासमा चोरी, डकैती, र लुटपाटका अपराध भएका छन् । धाममो सञ्चालित ३ दिने धार्मिक मेलामा आएका तिर्थालु लुटिएका छन् । भिडभाडमा थाहै नपाई गर–गहना, नगद पैसा, मोबाइल हराएका गुनासा धेरै आएका छन् । भदौ ४ गते भोलि सोमवार सम्म चल्ने धार्मिक प्रवचन सहितको मेला भर्न आउने दर्शनार्थीको भीड अहिले देवचुलीको शास्वत धाम नजिक आसपासका क्षेत्रमा बढेको छ । यहाँका साना–देखी ठूला होटल, रेण्टुरेन्ट भरिभराउ छन् । वस्ने ठाउँ नभएर बाहिरै सडक किनारमा तिर्थालुहरूले रात गुजारेका छन् । विशेष गरी तराई मूलका नेपाली तथा भारतीय तिर्थालु भक्तालुहरू दर्शनका लागि आएका छन् । तराई मुल र भारतीयहरुको गिरोह लुटपाटमा संलग्न रहेको हुनसक्ने स्थानीय होटल र लज संचालकले आशंका र अनुमान लगाएपछि प्रहरीले शंकास्पदलाई नियन्त्रणमा लिएर केहीलाई अनुसन्धान गरेको छ । चोरी वा हराएका गुनासाहरु आएपनि चोरीमै संलग्न भने पहिचान हुन नसकैको प्रहरीले जनाएको छ । सामान्यतया गाडीमा यात्राका बखत, बजार, हाटबजार, भिडभाड हुने ठाउँमा यस अघि पनि हुने गरेका लुटपाट जन्य अपराधकै शैलीमा चोरी भएको प्रहरीको वुझाई छ ।
सुरक्षाका लागि प्रहरी, ससस्त्र प्रहरी र ट्राफिक प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक एवं कार्यालय प्रमुख भुवनेश्वर तिवारी बताउँछन् । सो क्षेत्रमा सिभिलमा समेत प्रहरी परिचालन भएको उनी बताउँछन् ।
भीड भाडजन्य स्थानमा सकेसम्म गर–गहना लगाएर, नगद पैसा वोकेर नहिड्न, वेला–वेला आफ्नो सामानको हेक्का या ख्याल राख्न र मानिस समेत हराउन सक्ने भएकाले आफ्ना आफन्त वा समूहको नियमित सम्पर्कमा रहिरहन प्रहरी प्रमुख तिवारीको आग्रह छ । शंकास्पद गविधि र क्रियाकलापको शंका लागेमा तुरुन्त प्रहरीलाई खबर गरी सहयोग पुयाइदिन पनि तिवारीले अनुरोध गरेका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१