
जनकपुरधाम । महोत्तरीको जलेश्वर नगरपालिका ९ परिकोलीमा कलेज बसको ठक्करबाट एक युवकको मृत्युपछि स्थानीय आन्दोलित बनेका छन् । जनकपुरको मिथिला इन्ष्टिच्युट अफ टेक्नोलोजी (मिट) कलेजको बा २ क १५३६ नम्बरको बसले ज ८ प ९२६७ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
मोटरसाइकल चालक जलेश्वर नगरपालिका ९ का ३५ वर्षीय सन्तोष यादवको घटनास्थलमै मृत्यु भएको हो ।ठक्कर दिएर यूवक यादवको ज्यान लिएको विरोधमा स्थानीय सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका कारण अहिले जनकपुर-जलेश्वर सडक अबरुद्ध बनेको छ ।
दुर्घटनापछि फरार भएका बस चालकलाई पक्राउ गरी कडा कारबाही गर्न र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने आन्दोलित स्थानीयको माग छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१