
नवलपुर । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपुरको सदरमुकाम कावासोतीमा दुई वटा बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा चार जना घाइते भएका छन्। गए राती साढे ३ बजे कावासोती नगरपालिका वडा नम्बर ३ मा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको क।प्रदेश ०२–००१ ख ०७३७ नंम्बर को बस र विपरीत दिशामा गुडिरहेको प्रदेश ०३–००१ ख ९१९० नम्बरको बस एक आपसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा सुर्खेत वीरेन्द्रनगर नगरपालिका १४ बस्ने १९ वर्षीय ललित थापा, सोही ठाउँका २४ वर्षीय सञ्जय थापा, मकवानपुर बागमती गाउँपालिका–५ का २५ वर्षीया मोनिका विक र बारा आदर्श गाउँपालिका २ का २६ वर्षीय नरेन्द्र पटेल घाइते भएको नवलपुरका प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए।
घाइतेहरूको मध्य विन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले बसका चालक र बसलाई नियन्त्रणमा लिएको जनाएको छ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१