• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ श्रावण १८, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

२

दाउन्ने क्षेत्रको सडकमा ढलान

३

गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

४

बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

५

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

६

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

७

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

८

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

९

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

१०

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

११

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

१२

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    हुप्सेकोटमा पढ्दै कमाउदै कार्यक्रम सञ्चालन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० भाद्र ८, शुक्रबार (१ साल अघि)
    368403979_775128607723880_3459899072918371794_n-1536x866 (1)

    Advertisement

    मध्यविन्दु ।  नवलपरासी(बर्दघाट सुस्तापूर्व)को सूर्यज्योति मावि हुप्सेकोट गाउँपालिका–१ जुकेपानीमा कक्षा ९ मा अध्ययन गर्ने सरुखा तामाङ हिजो आज विद्यालयमा पढने मात्र होइन् सिलाइकटाइ तालिम पनि सिक्ने गर्नु हुन्छ ।
    विद्यालमा हरेक दिन बिहान ६ बजे देखि साढे ७ बजे सम्म सिलाइकटाइ सम्बन्धी प्रशिक्षण हुन थालेको दुई महिनामा तामाङले कपडा सिलाउने धेरै अभ्यास गरिसक्नु भएको छ । “सधै किताव मात्र पढिरहदा ध्यान केन्द्रित हुदैन थियो तर फरक सीप सिक्दा नयाँ सीप र पढाई दुवै राम्रो भइरहेको छ” तामाङले भन्नु भयो ।
    गत दुई महिना देखि विद्यालयमा सञ्चालन भएको पढ्दै कमाउदै कार्यक्रम अन्तर्गतको सिलाइकटाइ तालिममा सरुखा जस्तै सोही विद्यालयका कक्षा नौ मा अध्ययनरत ४३ जना विद्यार्थीहरु सहभागि भई पढ्इ संगसंगै सीप पनि सिकिरहेका छन् । कक्षाका छात्र छात्रा सबै जना सिलाइकटाइ तालिममा सहभागि हुने गरेका छन् ।
    क्याट्रिना तामाङले पनि विद्यालयमा नै दैनिक सिलाई कटाई तालिम लिन पाउदा खुसी लागेको बताउनु भयो । “विद्यालयमा पढाइ मात्र हुने गरेको थियो तर यो वर्ष देखि सिलाइकटाइ तालिम पनि सुरु भएको छ हामिलाई धेरै नै प्रभावकारी भई रहेको छ” उहाँले भन्नु भयो ।हुप्सेकोट गाउँपालिकाले विद्यालयमा पढ्दै कमाउदै कार्यक्रम लागु गरि १२ वटा माध्यमिक विद्यालयमा फरक फरक सीपमुलक तालिम सञ्चालन गरेको छ । सोही अन्तर्गत सुर्यज्योति माविमा सिलाइकटाइ तालिम सञ्चालन भएको विधालयका प्रधानाध्यापक निमु गिरीले बताउनु भयो । “हाम्रो विद्यालयमा एक सय ८० घण्टे सिलाइकटइ तालिम सञ्चालन गरेका छौ”उहाँले भन्नु भयो “कक्षा नौ का विद्यार्थीहरु हेरक दिन बिहान ६ बजे देखि साढे ७ बजे सम्म सिलाइकटाइमा सहभागि हुन्छन् ।”
    विद्यालयले १५ वटा सिलाइ मेसिन स्थानीय अभिभावकहरुसंग सहयोग मागेर तालिम सञ्चालन गरेको छ । “गाउँपालिकाले पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत विद्यालयमा उपलव्ध गराउने ६२ हजार पाँच सय रुपौँया वाट एक जना प्रशिक्षक र आवश्यक सामाग्री व्यवस्थापन गरेका छौ”उहाँले भन्नु भयो ।
    स्कूलका विद्यार्थीलाई व्यावसायिक सीप सिकाउने कार्यक्रमले विद्यालय तह उतीर्ण गर्दा विद्यार्थीमा व्यवसायीक सीपको पनि विकाश हुने हुदाँ यो कार्यक्रम निकै प्रभावकारी हुने प्रधानाध्यापक गिरीले बताउनु भयो ।
    हुप्सेकोट गाउँपालिकाले गत शैक्षिक सत्रमा चार वटा विद्यालयमा सञ्चालन गरेको पढ्दै कमाउदै कार्यक्रम अहिले १२ वटा विद्यालयमा सञ्चालन गरेको छ ।
    कक्षा ९ र ११ मा अध्ययनरत विद्यार्थीलाई एक सय ८० घण्टे सीपमुलक तालिम सञ्चालन गरिएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनु भयो । “प्राविधिक तालीमकै लागि पालिकाले १२ वटा विद्यालयलाई ६२ हजार पाँच सयका दरले सात लाख ५० हजार बजेट विनियोजन गरेको छ” उहाँले भन्नु भयो “यो वर्ष चार सय ५० जना विद्यार्थीले तालिम लिइरहेका छन् ।”
    पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत सिलाइकटाइ, इलेक्ट्रिसियन, मोबाइल मर्मत, प्लम्बर, ब्यूटिसियन, कपाल काट्ने तालिम सञ्चालन गरिएको अध्यक्ष पाण्डेले बताउनु भयो । “कक्षा १२ उत्तीर्ण गर्दा विद्यार्थीले केही न केही व्यावसायिक सीप बोकेर निस्किऊन् भन्ने नीतिका साथ नयाँ कार्यक्रम लागू गरिएको हो” उहाँले भन्नु भयो । पढ्दै कमाउदै कायृक्रम अन्तर्गत सञ्चालन भएको तालिम प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को तह दुई बराबरको रहेको अध्यक्ष पाण्डेले बताउनु भयो । “तालीम सकिएपछि विद्यार्थीलाई सीटीईभीटीकै प्रमाणपत्र पनि उपलब्ध गराइने छ”उहाँले भन्नु भयो ।

    हुप्सेकोट गाउँपालिकाको शिक्षा ऐनमा नै विद्यार्थीलाई प्राविधिक सीप सिकाउने बुँदा समेटिएको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंकनाथ घिमिरेले बताउनु भयो । चालु आर्थिक वर्षमा गाउँपालिका भित्रका संस्थागत विद्यालयमा पनि पढ्दै कमाउदै कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेका छौ” उहाँले भन्नु भयो । सीप मुलक तालिम नियमित कक्षा लाई असर नपर्ने गरि बिहान र साझँ को समयमा सञ्चालन गर्न विद्यालयहरुलाई समन्वय गरिएको घिमिरेले बताउनु भयो ।
    आर्थिक रूपले विपन्न समुदायका विद्यार्थीलाई यस्तो तालिमले धेरै सहयोग पुग्ने अपेक्षा गरिएको हुप्सेकोट गाउँपालिकाका शिक्षा अधिकृत माधवराज गौतमले बताउनु भयो । “यस क्षेत्रमा धेरै विद्यार्थीहरू आर्थिक रूपले कमजोर छन्,” उहाँले भन्नु भयो “यस्ता व्यावसायिक सीपले वैकल्पिक आयआर्जनमा सहयोग पुग्ने छ ।”
    पढ्दै कमाउदै कार्यक्रमले विद्यालयमा विद्यार्थी टिकाउ दर बढेको नेपाल शान्ति मावि हुप्सेकोट–३ बेलाहानीका प्रधानाध्याक सूर्य भण्डारीले बताउनु भयो । “हाम्रो विद्यालयका कक्षा ९ का ४० र कक्षा ११ का ३० विद्यार्थी प्लम्बिङ तालीममा सहभागी भएका छन्” उहाँले भन्नु भयो “यहिँ तालिमले गर्दा विचमा पढाइ छाड्ने संख्या यो वर्ष छैन् ।”
    तालिम लिन पाउँदा विद्यार्थीहरु खुशी देखिएका छन् । सीप मुलक तालिममा सहभागि भए पछि विद्यार्थीलाई पढाइमा ध्यान केन्द्रित गर्न सहज भएको शिक्षकहरुको अनुभव रहेको छ ।
    हुप्सेकोट गाउँपालिकाको चालू आर्थिक वर्षको कुल बजेट रु.५१ करोड ७८ लाख ८४ हजार रहेको छ । उक्त बजेट मध्य शिक्षामा मात्रै रु.२० करोड नौ लाख ५४ हजार बजेट विनियोजन गरेको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    प्रदेश नं. ४ सम्बन्धि थप
  • नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

  • दाउन्ने क्षेत्रको सडकमा ढलान

  • गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

  • बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न


  • Advertisement

    समाचार
  • १

    नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

  • २

    दाउन्ने क्षेत्रको सडकमा ढलान

  • ३

    गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

  • ४

    बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • ५

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • ६

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • ७

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ८

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ९

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • १०

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution