
दाङ । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा कर्मचारीले ताला लगाएका छन्। उपमेयर विमलकुमार पुनलाई कारबाही गर्न माग गर्दै कर्मचारीहरूले नगरपालिकाको मूल गेटमा तालाबन्दी गरी धर्ना दिएका हुन्। उनीहरूले उपमेयरमाथि कारबाही हुनुपर्ने, कर्मचारीको सुरक्षा सुनिश्चित हुनुपर्ने लगायत ८ बुँदे माग राखेका छन्।
शनिबार बिहान ११ बजेतिर उपमेयर बिमलकुमार पुनले शिक्षा शाखा प्रमुख नरेन्द्र वलीलाई परीक्षाको बिषयलाई लिएर प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै कुटपिट गरेका थिए।
कर्मचारीको तालाबन्दी र धर्नाका कारण नगरपालिकाको सेवा ठप्प बनेको छ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१