
भद्रपुर, झापा । पूर्वी नेपालका चिया श्रमिकले भोलिदेखि चिया बगान र प्रशोधन कारखानाको काम बन्द गर्ने भएका छन् ।ज्याला वृद्धि गर्नुपर्ने प्रस्ताव चिया उद्योगीले अस्वीकार गरेपछि श्रमिकले बगान र प्रशोधन कारखानाको काम बन्द गर्ने घोषणा गरेका हुन् ।आज नेपाली कांग्रेस झापा जिल्ला पार्टी कार्यालयमा जिल्लाका चिया श्रमिक र श्रमिक नेताहरूको भेलाबाट सम्पूर्ण चिया बगान बन्द गर्ने निर्णय गरिएको नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघका राष्ट्रिय संयोजक सन्तकुमार राईले जानकारी दिनु भयो ।
ज्याला वृद्धिको माग गर्दै झापालगायत पूर्वी नेपालका चिया श्रमिकहरू विगत दुई महिनादेखि आन्दोलनरत छन् । उनीहरूले भदौ ७ गतेदेखि नै बन्दको कार्यक्रम घोषणा गरेका थिए तर माग सम्बोधन हुने आशामा उनीहरूले त्यसलाई भदौ १७ गतेसम्म स्थगित गरेका थिए । बगान सञ्चालकहरूले आफूहरूको मागप्रति वास्ता नगरेपछि बाध्य भएर बन्द हडतालको कार्यक्रम गर्नुपरेको राईले बताउनु भयो ।यसअघि सरकारले राजपत्रमा सूचना प्रकाशित गरी चिया श्रमिकले दैनिक पाँचसय रुपैयाँ ज्याला पाउने व्यवस्था गरेको थियो । सरकारी निर्णय कार्यान्वयन गर्न नसकिने उद्योगीको अडानपछि श्रमिकले अन्ततः आन्दोलनको बाटो रोजेका हुन् ।अबको आन्दोलन चिया उद्योगी न्यूनतम ज्याला दिन सहमत नभएसम्म नरोकिने राईको भनाइ छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१