काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको छ । टस हारेपछि ब्याटिङको जिम्मा पाएको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २ सय ३० रन जोड्यो । नेपालको पालीमा आसिफ शेखले ५८, सोमपाल कामीले ४८, कुशल भुर्तेलले ३८ र दीपेन्द्रसिंह ऐरीले २९ रन बनाए। गुल्सन झाले पनि २३ रन जोडे ।
नेपालले पहिलो विकेटका लागि ९.५ ओभरमा ६५ रनको साझेदारी गरेको थियो। त्यसपछि १०१-४ को अवस्थामा पुगेको नेपाललाई आसिफ,गुल्सन, दीपेन्द्र र सोमपालले उद्धार गरेका हुन्। सोमपालले सातौँ विकेटका लागि दीपेन्द्रसिंह ऐरीसँग ५० र आठौँ विकेटका लागि सन्दीप लामिछानेसँग ३४ रनको साझेदारी गरे।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१