
कावासोती । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु ३ ले बह्मस्थानमा दाहसंस्कार गर्न रोक लगाएको छ । सोमबार वडा अध्यक्ष मान बहादुर महतोले हस्ताक्षर गरेर एक सुचना जारी गर्दै बह्मस्थानमा रहेको दाहसंस्कार स्थलको सार्वजनिक जग्गा नारायणी नदिले कटान गरेको र बस्ती आसपासमा समेत फोहोरको कारण दुर्गन्धित भएको भन्दै दाहसंस्कार गर्न रोक लगाएको हो । उक्त स्थानमा दाहसंस्कारका लागि आवश्यक सरकारी जग्गाको ब्यवस्थापनमा समेत अन्य निकायले गम्भिरता नदेखाएको मध्यविन्दु ३ को सुचनामा उल्लेख छ ।
दाहसंस्कार स्थलबाट निस्केका फोहोर ब्यवस्थापनमा चुनौती थपिदै भन्दै दाहसंस्कार स्थललाई विकल्पको रुपमा अर्को स्थानमा स्थानान्तरण गरिएको सुचनामा उललेख छ । हाल दाहसंस्कार गर्दै आएको ब्रह्मस्थानमा क्षेत्रमा फोहोर मैला फाल्ने क्रियाकलापले दुर्गन्धित बन्नुका साथै पर्यटन क्षेत्रलाई समेत असर पुगेको देखिएको छ ।
साथै सुचनामा दाहसंस्कारको विकल्पको रुपमा कावासोती १७ अमलटारीमा रहेको नारायणी किनार क्षेत्र बस्तीबाट टाढा रहेकोले सो स्थानमा दाहसंस्कार गर्न अनुरोध गरिएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१