
चितवन।भरतपुर महानगरपालिका र गैँडाकोट नगरपालिकामा तोकिएको समयमा जिम्मेवारी लिएको निर्माण वा खरिदको काम पूरा नगर्ने तीन ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ती तीन कम्पनीलाई १ देखि ३ वर्षसम्म कालोसूचीमा राखेको हो ।कार्यालयको भदौ १८ गतेको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जानकारी दिएको छ । सूचना प्रकाशित भएको मिति (भदौ १९) देखि लागू हुने गरी कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने कार्यालयले बताएको छ ।
डिभिजन सडक कार्यालय भरतपुरको सिफारिसमा भरतपुर–११ को हेमराज बस्यालको कम्पनी अरबिन्द्र कन्सट्रक्सनलाई एक वर्ष कालो सूचीमा राखेको छ । यो कम्पनीले महेन्द्र राजमार्गको मर्मत र चौबिसकोठीबाट रामपुर हुँदै मेघौली जाने सडक मर्मतको काम नगरेपछि विभागले कालो सूचीको लागि सिफारिस गरेको हो । सडक डिभिजन कार्यालयका सूचना अधिकारी चण्डेश्वर साहले सडक मर्मतको कामको ठेक्क पाए पनि काम नै नगरेपछि कालो सूचीमा राखिएको नारायणी अनलाइनलाई जानकारी दिए ।त्यसैगरी गैँडाकोट नगरपालिका–१८ भेडाबारी भन्दा माथिको सडक नबनाएपछि नगरपालिकाको सिफारिसमा सुदिप आचार्यको नवनिर्माण कन्स्ट्रक्सन एण्ड बिल्डर्स अर्खु पोखरालाई सार्वजनिक खरिद कार्यालयले एक वर्ष कालो सूचीमा राखेको छ । गैँडाकोट नगरपालिकाकै सिफारिसमा उपेन्द्र ढकालको निर्माण कम्पनी यूडी एलिस एण्ड कन्स्ट्रक्सन टेकु काठमाडौँ कालो सूचीमा परेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१