
कावासोती । पूर्वी नवलपरासी नवलपुरमा माछा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ । बुधबार देवचुली नगरपालिका १ गेडाटोल बस्ने अन्दाजी ५० बर्षिय बिष्णु बोटेको माछा पोखरी डुबेर मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ । माछापोखरीमा डुबिरहेको अवस्थामा स्थानियले देखेपछि बोटेलाई दुम्कौली प्राथमिक स्वास्थ्य चौकी लगिएका थियो ।
स्वास्थ्य चौकीका चिकित्सकले बोटेलाई मृत्यु घोषण गरेको प्रहरीले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१